Rule 4
पहिले नै प्राप्त भई सकेका छात्रवृत्तिको विषय स्वीकृति सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारको कुनै मन्त्रालय वा निकायबाट छात्रवृत्ति माग हुनु भन्दा अगावै विदेशी सरकार वा कुनै संस्थाबाट कुनै विषयमा अध्ययन वा तालीमका लागि छात्रवृत्ति प्राप्त भएमा र सो छात्रवृत्ति राष्ट्रिय योजना अनुकूल देखिएमा आयोगले त्यस्तो छात्रवृत्तिको विषय स्वीकृत गरी त्यस्तो छात्रवृत्तिमा खुला प्रतियोगिता वा विभागीय प्रतियोगिता जुन प्रक्रियाबाट उम्मेदवार छनौट हुने हो सो समेत खुलाई सम्बन्धित मन्त्रालय वा निकायमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सरकार वा कुनै संस्थाबाट प्राप्त भएको छात्रवृत्ति कुनै व्यक्ति विशेषको निमित्त प्रदान गरिएको वा व्यक्तिगत रुपमा विदेशी सरकार वा कुनै संस्थास“ग माग गरी उपलब्ध भएकोमा त्यस्तो छात्रवृत्तिमा कुनै कारवाही गरिने छैन ।